बेलबारी । साहित्य र कलाको माध्यमबाट समाज र राष्ट्रलाई सुसस्कृत गर्दै आन्तरिक पर्यटनमा सहयोग पु¥याउने उद्धेश्यले मोरङको बेलबारीमा कला तथा साहित्य महोत्सव शुरु भएको छ । दुईदिने महोत्सवमा देशभरका विशिष्ट श्रष्टाहरुको जमघट रहने भएको छ । बेलबारी साहित्य विकास समिति बेलबारीले आयोजना गरेको कला तथा साहित्य महोत्सवको उद्घाटनका दिन वाल साहित्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बेलबारी र सुन्दरहरैंचाका करिब दुई दर्जन विद्यालयबाट सहभागी विद्यार्थीहरुले गीत,नृत्य प्रस्तुति,रचना वाचन,प्रहसन गरेर आफ्ना प्रतिभाहरुलाई प्रस्फुटन गरेका थिए । कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रमले विद्यार्थीको क्षमता र प्रतिभाको विकासका लागि टेवा पु¥याउने कार्यक्रममा सहभागी अभिभावकहरुले बताएका छन् । त्यसैगरी सोही अवशरमा चित्रकला प्रर्दशनीको समेत आयोजना गरिएको छ । कार्यक्रममा झापा,मोरङ,सुनसरीका डेड दर्जन बढी चित्रकारहरुले वेतना सिमसारमा रहेर चित्र बनाएका छन् । पूर्वको पर्यटकीय क्षेत्र वेतना सिमसार चित्रकारहरुको नजरमा कस्तो देखिन्छ भन्ने अभिप्रायले वेतना सिमसारमा आयोजना गरिएको समितिका सल्लाहकार ईरान राईले बताएका छन् । त्यसैगरी शुक्रवार साँझ नै गजल साँझ कार्यक्रमको आयोजना गरिएको छ । बागलुङबाट आएका ख्याती प्राप्त गजलकार वुध रानाको प्रमुख आतिथ्यमा गजल साँझ कार्यक्रम भएको हो । कार्यक्रममा हाईकुकार सोना गुरुङ , पुरुषोत्तम सुवेदी, चित्रकार दिपेन्द्र बनेपाली, साहित्यकार प्रमोद श्रेष्ठ, मुकुन्द प्रयास, सिक्किमका गजलकार जिनिसा अश्रु, दार्जिलिङका निमेष सुब्बा सिकारुको उपस्थिति रहेको छ । त्यसैगरी प्राज्ञ उपेन्द्र पागल, जीवन पोख्रेल,प्राध्यापक भीम खतिवडा, सँस्कृतिकर्मी खगेन्द्र राई, साहित्यकार मिश्र वैजयन्ती, प्रेमलाल अधिकारी, चित्रकार सरोज खड्गी,प्राध्यापक राम धामी, नाट्यकर्मी भरत गुरागाई लगायतको उपस्थिति रहेको छ । कार्यक्रममा विमल स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ, साहित्यकार हर्कमान तामाङको पनि उपस्थिति रहेको थियो । महोत्सवको दोश्रो दिन देशभरका विशिष्ट साहित्यकारहरुको उपस्थितिमा वृहत साहित्य गोष्ठी तथा पुस्तक पत्रिकाको विमोचन हुने समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि ज्ञानेन्द्र सुवेदीले सम्वोधन गरेका थिए । त्यसैगरी कार्यक्रमको दोश्रो खण्ड वालसाहित्य कार्यक्रममा नगरपालिकाका उपप्रमुख तथा साहित्यकार ढाका पराजुली प्रमुख अतिथि रहेका थिए । कार्यक्रम समितिका अध्यक्ष रेखा सुवेदीको सभापतित्व तथा सचिव धनजित पराजुलीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमलाई बेलबारी नगरपालिकाले सहयोग गरेको छ ।