शनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे २ स्थित ४६ बिघे युवा समाजद्वारा आयोजित १ नम्वर प्रदेशस्तरीय खुला नकआउट भलिवल प्रतियोगिताको उपाधि एपीएफ पकलीले जितेको छ ।

प्रतियोगिताको विहीवारको फाइनल प्रतिष्पर्धामा न्यू मार्वल मेनपावर उर्लाबारीलाई २५–२३, २५–१५ र २५–१८ को सोझो सेटमा स्तव्ध पारेर पराजित गरी उपाधि आफ्नो वनाएको हो । पकलीले नगद ५१ हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा सिमित न्यू मार्वल मेनपावर उर्लाबारीले नगद ३१ हजार र ट्रफीमा चित्त बुझाएको छ । सो खेलमा एपीएफका जीवनकुमार चौधरी मेन अफ दी म्याच र उर्लाबारीका महेन्द्र चौधरी मेन अफ दी सिरिज भएर पुरस्कृत भएका छन् ।

विहीवार नै फाइनल खेल अघि सेमिफाइनल अन्तर्गतको अन्तिम खेल न्यू मार्वल मेनपावर उर्लाबारी र प्रदेश नम्बर १ रानीबीच भएको थियो । सो खेलमा रानीलाई पराजित गर्दै उर्लाबारीले फाइनलको यात्रा तय गरेको थियो ।

जेठ ८ देखि सञ्चालित प्रतियोगितामा १२ टिम सहभागिता रहेको थियो । प्रतियोगिता सञ्चालनमा संकलन भएको केही रकम पुल निर्माणमा थप गरिने ४६ बिघे युवा समाजका अध्यक्ष पदम बहादुर तामाङ्गले जनाएका छन् ।