मधुमल्ला । तत्कालिन नेकपा माओबादी केन्द्रले वरियताक्रम नमिलाएपछि मोरङमा इमान्दार नेता नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय कमिटीमा पुग्न सकेनन् । मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बूलाई बाइपास गर्दै मोरङ संयोजक गोपी अछामी केन्द्रीय सदस्य बनेका छन् ।

केन्द्रीय कमिटीले वरियताक्रम मिचेर संयोजकलाई केन्द्रीय सदस्य बनाएको भन्दै कार्यकर्ताहरुले त्यसको विरोध गरेका छन् । पार्टीमा इमान्दार नेताको छबी बनाएका कुशल मोरङ क्षेत्र नं. १ का सर्वाधिक मत ल्याउँदै प्रदेश सभामा निर्वाचित भएका थिए । यस बिषयमा केन्द्रीय कमिटीमा किन नपर्नु भएको भन्ने बिषयमा उनले खासै बोल्न चाहेनन् । इन्चार्जलाई छोडेर संयोजकलाई केन्द्रीय सदस्य बनाउनुलाई मोरङका माओबादी कार्यकर्ताहरुले आश्चर्यको रुपमा लिएका छन् ।