पथरी । मोरङको पथरीशनिश्चरेमा जारी प्रथम सी.एम.कन्दङ्वा प्रदेश नं. स्तरीय क्रिकेट प्रतियोगितामा रत्न युथ क्लबले आयोजक निलो माथि ३७ रनले तथा न्यु अरुण क्रिकेट क्लब समयगढले तरहरा क्रिकेट क्लब माथि ३ विकेटको जित दर्ता गर्दै दोस्रो चरणमा प्रबेश गरेको छ । आइतबार भएको पहिलो खेलमा आयोजक निलोले टस जितेर फिल्डिङ रोज्दै रत्न युथ क्लबलाई ब्याटिङ दिएको थियो । रत्न युथ क्लबले पहिलो विकेट सस्तैमा गुमाए पनि ओपनर प्रशान्त राईको ९३ रनको उत्कृष्ट ब्याटिङको मदतले १६९ रनको लक्ष्य खडा गरेको थियो । प्रशान्तलाई रत्न युथ क्लबको क्याप्टेन राकेश राईले दरिलो साथ दिएका थिए । उनले ब्यक्तिगत २१ रन बनाएका थिए । आयोजकका तर्फबाट जय बोहराले २ तथा युनिक न्यौपाने, बिगत राई, राज बस्नेतले एकएक विकेट लिए । १ सय ७० रनको बिजय लक्ष्य लिएर मैदान उत्रेको आयोजक निलो ७ विकेट गुमाउदै १३२ मात्र बनाउन सक्यो । उसका लागि रुपेस श्रेष्ठले २४ तथा क्याप्टेन २० रनको पारी खेलेका थिए । रत्न युथ क्लब का मिनाज थापाले ४ असिफ राजा,निखिल राई तथा सुरेन्द्र शाहले एकएक विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच ९३ बनाएका प्रशान्त राई घोषित भए । आइतबार नै भएको दोस्रो खेलमा तरहरा क्रिकेट क्लब र न्यु अरुण क्रिकेट क्लब बिच सम्पन्न भएको थियो । जसमा न्यु अरुण क्रिकेट क्लबले तरहरा क्रिकेट माथि ३ विकेटको जित निकाल्न सफल रह्यो । पहिला ब्याटिङ गर्दै आशिष खड्का र अनिल राईको १५ ÷ १५ रनको मदतले ८५ रनको सामान्य लक्ष्य प्रस्तुत गरे थियो । तरहरालाई सस्तैमा समेट्नका लागि सुमन भन्डारीले ३, नबिन खतिवडा, तरालाल शाह तथा अशोक राईले दुईदुई विकेट लिन सफल भए । ८५ रनको बिजय लक्ष्य लिएर मैदान उत्रेको न्यु अरुण क्रिकेट क्लबले १२ बाकि हुँदै आफ्नो लक्ष्य प्राप्त गरेको थियो । उसका लागि सुरज थपलियाले २२ तथा तारालाल शाहले २१ रनको योगदान गरे भने तरहराको तर्फ बाट मोहन ढकालले २ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका न्यु अरुणका तारालाल शाह म्यान अफ द म्याच घोषित भए ।