मधुमल्ला/ झापाको गोलधाप–४ हल्दिबारीकी १८ बर्षीया सोनी भुजेल मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् ।

मिस राजधानीको टप पाँचभित्र परेकी सोनी यतिबेला मोडलिङमा सक्रिय छिन् ।  फेशन शोलगायतमा उनी व्यस्त रहेकी छिन् । पाँच फिट पाँच इन्च अग्ली सोनु नृत्यमा विशेष रुची राख्छिन् । मोडलिङ क्षेत्रलाई अझै समाजले  नकारात्मक रुपमा हेर्ने गरेको उनको अनुभव छ । ‘मोडलिङ ब्यक्तित्व विकासको एउटा पाटो हो’ उनी भन्छिन् ।

उनी भबिष्यमा राम्रो कलाकार बन्ने लक्ष्यमासँग छिट्टै घुलमिल हुने उनी कसैको मा छिन् । घरपरिवारको साथ र सहयोगका कारण मोडलिङमा लाग्न सहज भएको उनले बताइन् । साथी भाईहरुया प्रेममा परिसकेकी छिन् । म्यूजिक भिडियोहरुमा अफर आएपनि उनले हालसम्म कुनै भिडियोमा अभिनय भने गरी नसकेको उनले बताए । झापामै बनेको एउटा कभर भिडियोमा उनले नृत्य गरेकी थिइन् । सानैदेखि मोडलिङमा रुची राख्ने सोनीले यसै क्षेत्रमा सक्रियतापूर्वक लाग्ने अठोट गरेकी छिन् । आफू अझै सिक्ने क्रममा रहेको उनले सुनाइन् ।