विराटनगर/ संघीय मामिला तथा सामान्य प्रसानमन्त्री लालबावु पण्डितले सामाजिक विभेद अन्त्य गरी अब डिक्सनेरीमा रहने गरी समानता ल्याउन जरुरी रहेको बताएका छन् । समाज विकास केन्द्र नेपालले विराटनगरमा आइतबार आयोजना गरेको दलितको वर्तमान अवस्था सवैधानिक कानुनी तथा नीतिगत व्यवस्था सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री पण्डितलले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पण्डिलले दलितमाथि हुने सबै प्रकारको विभेदहरु अन्त्य गरी समानता ल्याउन आवश्यक रहेको बताए । ‘उपल्लो जातिमा शिक्षाको कमि छ,’ उनले भने, ‘प्रत्येक वस्तीमा शिक्षाको ज्योती पुर्याएर सचेत गराउनु पर्दछ ।’ उनले अगुवाहरुलाई समेत विभेद अन्त्य गरी समानताको पक्षमा लाग्न मन्त्री पण्डितले आग्रह गरे ।

‘सरकारकाले आर्थिक वर्षको लागि चाँडै बजेट ल्याउदै,’ मन्त्री पण्डितले भने, ‘आएको बजेटमार्फत आफ्नो क्षेत्रको विकासतर्फ उन्मुख हुनेछ । उनले सरकारले ल्याएको ‘जनता आवास ’ कार्यक्रम मार्फत आर्थिक विपन्न समुदायको घर निमार्ण समेत गर्ने बताए ।

विराटनगरमा दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा ६० जना दलित अगुवाहरुको सहभागि रहेको समाज विकास केन्द्र नेपालका अध्यक्ष कपिल सुनवारले जानकारी दिए । उनका अनुसार यस तालिमबाट आर्जन गरेको ज्ञान गाउँगाउँमा पुगेर दलितहरुलाई कानुन व्यवस्था र आफ्नो हक अधिकारीको बारेमा जानकारी गराउनेछन् ।