पानवारी । बिमल स्मृति पुरस्कार २०७४ बाट कथा संग्रह ‘त्यसपछि फुलेन गोदावरी’ पुरस्कृत भएको छ ।

सोमबार कवि विमल स्मृति पुस्तकालय धरानको सभाहलमा एक कार्यक्रम आयोजना गरी साहित्यकार महेश पौडेलद्वारा लिखित कथा संग्रह त्यसपछि फुलेन गोदावरीलाई पुरस्कृत गरिएको हो । नगद रु. ५१ हजार पुरस्कार राशि रहने गरी स्व. कवि बिमल गुरुङ दिवंगत भएको दिन बैशाख २४ गते स्मृति दिवसको अवसरमा हरेक वर्ष ‘बिमल स्मृति पुरस्कार’ बाट एक कृतिलाई पुरस्कृत गरिने बिमल स्मृति पुस्तकालयका अध्यक्ष तथा स्व. कबि बिमल गुरुङका पिता पूर्णबहादुर गुरुङले जानकारी दिएका छन् ।

‘त्यसपछि फुलेन गोदावरी’ले ग्रामिण नेपाली समाज तथा उत्तरपूवी भारतको भारतको नेपाली भाषीको जीवनलाई यथार्थ परक ढंगमा समेट्न सफल भएको भनी पुरस्कृत गरिएको थियो । पुरस्कार छनौट समितिले पौडेलको कृतिले ग्रामिण भेगका नागरिकले भोगेको दुःख कष्ठलाई कृतिमा यथार्थ परक ढंगले समेटीएको भन्दै पुरस्कारका लागि छनौट गरेको थियो । १ वर्षभरीमा बिमल स्मृति पुस्तकालयमा आएका ४२ कृति मध्येबाट उत्कृष्ट चार कृतिहरु महेश पौड्को कथा संग्रह ‘त्यसपछि फुलेन गोदावरी’, प्रसंन्न घिमिरेले लेखेको कविता संग्रह ‘मिभोर’, भिष्म उप्रेतीले लेखेको कविता संग्रह ‘आधा उज्यालो’ र कल्पना श्रेष्ठ कल्पपुञ्जले लेखेको उपन्यास ‘सञ्जीवनी’ परेका थिए ।

साहित्यकार तथा प्रखर समालोचक महेश पौड्याललाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा तथा पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रा.डा. भिम खतिवडाले बिमल स्मृति पुरस्कार नेपाली साहित्य क्षेत्रमा नोबेल पुरस्कार बराबर रहेको बताए । खतिवडाले कवि बिमल गुरुङका पिता पूर्णबहादुर गुरुङलाई उदृढ गर्दै भने ‘म बन्दुक बोकेर विदेशी भूमिमा कम्युनिष्टहरुलाई खोजी खोजी मार्न लागिरहदा मेरो छोराले यहाँ छोराले तिनै कम्युनिष्टका पुस्तकहरु खोजी खोजी, लुकि लुकि पढ्दो रहेछ । कम्युनिष्टलाई आदर्श मानेर रचना गर्दो रहेछ ।’ खतिवडाले कवि गुरुङका पिताको प्रशंसा गर्दै भने ‘लामो समय सुरक्षा फौजमा काम गरेर त्यसपछिको जीवन साहित्यको विकासमा समर्पण गर्नु भनेको साँच्चै प्रशसनिय छ ।’

प्रा.डा. गोपालप्रसाद भण्डारीले कवि विमल गुरुङको साहित्य प्रति रहेको लगावलाई पछ्याउन पिता पूर्णबहादुर गुरुङले खेलेको भूमिका जति प्रशंसा गरे पनि कम हुने बताए । कार्यक्रममा प्रा.डा. भोला पोख्रेलले कवि बिमल गुरुङ समाजमा व्याप्त कुरीति र कुप्रथाको विरोधी रहेको उनको पहिलो कृति ‘आगो बल्दैछ’ मा देख्न सकिने बताए । गुरुङको पहिलो कृति आगो बल्दैछ प्रति तत् समयमा आफुले चर्चा गरेको स्मरण गर्दै प्रा.डा. पोख्रेलले भने –’गुरुङ कुरीतिको विरोधी मात्र होइन समाधानको पाटो समेत देखाइदिने महान् विचारक हुन् ।’

‘त्यसपछि फुलेन गोदावरी’ का लेखक महेश पौडेलले आफुले पुरस्कार प्राप्त गर्नुमा श्रीमतीको ठूलो देन भएको भन्दै कार्यक्रममा नै श्रीमतीलाई हस्तान्तरण गरेका थिए । पौडेलले अहिलेसम्मको ठूलो पुरस्कार प्राप्त गरेको भन्दै ‘अझ आफ्नो परिवारको अगाडी पुरस्कार ग्रहण गर्न पाएकोमा आह्लादित (हर्षित) भएको छु ।’ उनले कवि बिमल गुरुङ हामी माझ नभएपनि धेरै बिमल गुरुङहरु यस पुस्तकालयले जन्माएको भन्दै पुस्तकालयले साहित्य क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले कवि गुरुङ आफ्नो सहयोद्धा तथा असल आचारणका व्यक्ति भएको भन्दै देशको राज्य व्यवस्था परिवर्तनको पक्षमासँगै होमीएको स्मरण गरेका थिए । उनले भने –‘उमेरका हिसाबले सानो भएपनि स्व. बिमल गुरुङ त्यस समयमा सँगसँगै राजनीतिक क्रान्तिमा सामेल भएका थियौ । दुर्भाग्यबस उहाँको दुर्घटनामा निधन भयो त्यसमा पनि २०४८ सालको चुनावी अभियानका क्रममा दुर्घटनामा परि निधन भएको थियो ।’ सुब्बाले पुस्तकालयले चाहेमा त्यसको सञ्चालनका निम्ति स्थानीय सरकारले सहयोग गर्ने समेत बताए ।