एजेन्सी/ इन्डियन प्रिमियर लिग (आईपीएल)को ११ औं संस्करणको शनिबार भव्य उदघाटन हुँदैछ। छोटो संस्करणको क्रिकेट फर्मयाट (टि–२०) मा सर्वाधिक लोकप्रिय रहँदै आएको यो प्रतियोगितामा विश्वका उत्कृष्ट खेलाडीहरुले विभिन्न क्लबहरुमा रहेर प्रतिष्पर्धा गर्दै आएका छन्।

उदघाटन दिल्लीको चर्चित मैदान वांखडे स्टेडियममा हुँदैछ। दुई वर्षको प्रतिबन्धपछि महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नइ सुपर किंग्स तथा शेन वार्नको प्रशिक्षणमा रहेको राजस्थान रोयल्सले आईपीएलमा पुनरागमन गर्दैछन्। चेन्नइ र रोयल्समाथि स्पट फिक्सिङमा दोषी पाइएपछि दुई वर्ष प्रतिबन्ध गरिएको थियो।

च्याम्पियन को?

उपाधि होड सधैं रोमाञ्चक हुने अाईपीएलमा चेन्नइको पुनरागमनसँगै तेस्रो पटक च्याम्पियन बन्ने ध्याउनमा रहँदा उत्कृष्ट खेलाडीहरु भएर पनि जित्न नसकेकेको बैंगलोरलाई यो पटक कडा चुनौती रहने छ।

त्यस्तै, कोलकतादेखि किंग्स इलेभन पन्जाबसम्म यो पटक जित्ने रणनीतिमा रहँदा उपाधि होडका लागि भने केही समय पर्खिनु पर्नेछ। चेन्नइ दुई वर्षको प्रतिबन्धपछि खेलमा फर्किएकाले उसको प्रदर्शन कस्तो रहला भन्ने अनुमान मात्र गर्न सकिन्छ। यद्यपि, वार्नको जादुमय प्रशिक्षण रहनेमा राजस्थान रोयल्स पनि आशावादी रहेको छ।

दिल्ली नेपाली दर्शकको चासो

अाईपीएलको पहिलो खेलमा मुम्बइ इन्डियन्सले चेन्नइको सामना गर्नेछ। यद्यपि, नेपाली दर्शकका लागि सर्वाधिक चासोको खेल भने आइतबार हुनेछ। आइतबार दिल्ली डेयरडेभिल्सले किंग्स इलेभन पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको प्लेइङ इलेभनमा सन्दिप लामिछानेलाई देख्न चाहने नेपाली दर्शकको रहर पूरा होला या नहोला त्यसका लागि खेल पर्खिनुको बिकल्प छैन। तर, यस पटक नेपाली दर्शकको साथ भने दिल्लीलाई मिल्ने पक्का छ।