बेलबारी/ मोरङको बेलबारीमा पहिलो पटक वहुभाषी कविता गोष्ठी कार्यक्रम आयोजना गरिएको छ ।

बेलबारी साहित्य विकास समितिद्धारा शनिवार आयोजित वहुभाषी कविता गोष्ठी कार्यक्रम बेलबारी, पथरी, ईनरुवा,लेटाङका साहित्यकारहरुले भाषाभाषीको रचना वाचन गरेका थिए । कार्यक्रमको शुरुवातमा बेलबारीका डिपी राईले याम्फु भाषाको कविता सुनाएका थिए ।

त्यसैगरी मगर भाषाको कविता एसवी खपाङ्गी मगरले प्रस्तुत् गरेका थिए । त्यसैगरी ‘माया प्रेम’को शीर्षकमा गोविन्द चोङवाङ र लेटाङका सन्देश लिम्वुले लिम्वुभाषा ख्याली प्रस्तुत् गरेका थिए । त्यसैगरी वान्तवा भाषामा वन्दना राई, शान्ता राईले र सृजना धिमालले धिमाल भाषामा कविता वाचन गरेकी थिईन् ।

सन्देश तामाङले ‘विचना मेरो भाषा’ नामक कविता आफ्नै भाषामा सुनाएका थिए । कार्यक्रममा भुजेल,चौधरी,राजवंशी,मैथिली,कुलुङ,याक्खा लगायत दर्जन भन्दा बढी भाषामा कविता तथा गीत प्रस्तुत् भएको थियो ।

कार्यक्रममा चर्चित नाट्यकर्मी तथा साहित्यका भरत गुरागाई मैथिली, आचार्य अले अंग्रेजी, मोहन काफ्लेले सँस्कृत भाषामा कविता वाचन गरेका थिए । वहुभाषामा आयोजना गरिएको कविता प्रतियोगितामा स्रष्टाहरुको उत्साह जनक सहभागिता रहेको थियो । कार्यक्रम समितिका अध्यक्ष रेखा सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।