विराटनगर/यात्रुबाहक बसको ठक्करबाट गए राति साइकल यात्रुको मृत्यु भएको छ । विराटनगर–२० स्थित राधाकृष्ण मन्दिर नजिक बस्ने ४० वर्षीय ललित महतोको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । शुक्रबार साँझ विराटनगर–२० स्थित झमेली चोकमा बा२ख ५०९३ नंको बसले ठक्कर दिएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल लग्ने क्रममा बाटामै उनको मृत्यु भएको हो ।