badhiराजविराज /  विगत ६ दिनदेखिको अविरल बर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले जिल्लाका विभिन्न स्थानमा १ सय ५० जति घर डुवानमा परेका छन् । वर्षाले सकपुरा गाविसको वडा नम्बर ६ र ७ का एक सय २० जति घर डुवानमा परेका हुन्। सप्तरी प्रहरीका अनुसार सकरपुरा गाविस–६ स्थित बाँध कटान गरेर बाढी गाउँ तिर पसेपछि उक्त स्थानमा रहेको झण्डै ५ विघा जति खेती योग्य जमिनसमेत कटानमा परेको छ । बाढीले तिलाठी(हनुमाननगर सडक पनि २ किलोमिटर कटान गरेको प्रहरीको भनाइ छ। बाढीबाट पीडितहरुका लागि राहत, उद्दार र  बाँध मर्मतका कार्यका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षको कमाण्डमा १५ जना, तिलाठी प्रहरी चौकीबाट प्रहरी हबलदारको कमाण्डमा ५ जना तथा तिलाठीस्थित बोर्डर आउट पोष्टवाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जनाको टोली घटना स्थलमा खटाइएको प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीले जानकारी दिएका छन् ।