विराटनगर ।आगामीफागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनले सहरकागल्लीदेखि चोकहरूसम्मचुनावी सरगर्मी बढाएको छ । उम्मेदवारहरू कार्यकर्ताको ताँतीलिएर मतदाताको दैलोमा ‘यसपालि त पक्का’भन्दै आश्वासन बाँडिरहेका छन् । पुरानामतदाताकालागि यो दृश्य एउटा नियमितप्रक्रियाजस्तो लाग्न सक्छ, तर पहिलो पटक आफ्नो औँलामानिलो मसीलगाउनपर्खिरहेका ‘जेन जी’ (नयाँ पुस्ता) कालागिभने यो निर्वाचन एउटा उत्सव र परिवर्तनको सशक्तमाध्यमबनेको छ ।

निर्वाचनआयोगको तथ्याङ्कअनुसार यसपटक ८ लाख ३७हजार ९४ नयाँमतदाताथपिएका छन् । गतअसोज ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालितमतदातानामावली सङ्कलनअभियानमा ४ लाख७३ हजार ३ सय ४५ पुरुष, ३ लाख ६३ हजार ७ सय ७८ महिला र ६१ अन्य गरी ठूलो सङ्ख्यामायुवाहरूले नामदर्ता गराएकाहुन् ।

यो नयाँजनशक्तिको ठूलो हिस्साकोशीप्रदेशमा केन्द्रित छ, जहाँ १ लाख ५७हजार ६ सय १३ नयाँमतदाताथपिएका छन् । कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ४४ हजार ४ सय २ जनानयाँमतदाता छन्, जो पहिलो पटक मतपेटिकामा आफ्नो भविष्यखसाल्नआतुर देखिन्छन् ।

उत्साहसँगै खबरदारी

विराटनगर–९ की १९ वर्षीया वर्षा अग्रवालपहिलो पटक मतदानगर्न पाउने भएपछि निकै उत्साहित छिन् । तर, उनको उत्साह केवलप्रक्रियामामात्र सीमित छैन । उनले उम्मेदवारहरूलाई सुशासन र भ्रष्टाचारमुक्त समाजको कसीमा घोटिरहेकी छन् । “पहिलो पटक भोट दिनजाँदैछु, निकै खुसी छु” वर्षा भन्छिन्, “उम्मेदवारहरूबाट मेरो एउटै अपेक्षा छ— उहाँहरूले देशकालागिइमानदारीपूर्वक कामगरिदिनुहोस् । भ्रष्टाचार अन्त्यहोस् र यो निर्वाचनले एउटा सकारात्मकनतिजाल्याओस् ।”

युवाहरूको यो उत्साहभित्र एउटा गहिरो पीडा र मागपनि लुकेको छ— त्यो हो ‘स्वदेशमै रोजगारी’ । हरेक वर्ष हजारौँ युवाहरू खाडी र युरोपकालागि उडिरहँदा यो निर्वाचनले त्यसलाई रोक्ने ठोस नीतिल्याओस् भन्ने उनीहरूको चाहना छ ।

विराटनगर–१५ का २० वर्षीय गौरव राई आफ्नो मतदानलाई विगतकाआन्दोलन र मुद्दाहरूसँग जोडेर हेर्छन् । “मएकदमै उत्साहित छु । भित्रको प्रक्रिया कस्तो हुन्छ भन्ने कौतुहलता छ” गौरव भन्छन्, “जुन पार्टीले हाम्रा मुद्दा र आन्दोलनलाई साथदियो, हामी त्यसैलाई भोट दिन्छौँ । हामीलाईअबगफहोइन, परिवर्तन चाहिएको छ ।”

विराटनगर–११ का १८ वर्षीय विवितराजश्रेष्ठ स्नातकतह सकेपछि विदेशिनु नपरोस् भन्ने सर्तमाआफ्नो अमूल्यमतदिने सोचमा छन् । “मेरो अपेक्षायत्तिहो— मैले पढेर सकेपछि आफ्नै देशमा योग्यताअनुसारको जागिर पाऊँ”उनी भन्छन्, “नेताहरूले विकास र रोजगारीकावास्तविकअवसरहरू सिर्जनागरून् ।”

सुनसरी धरान–१६ का १९ वर्षीय रोजेश रानाको स्वरमापनि परिवर्तनको भोक सुनिन्छ । “परिवर्तनकालागि यो मेरो पहिलो मतदानहुनेछ । नयाँउम्मेदवारहरूले देशलाई नयाँदिशादिऊन् भन्ने मेरो चाहना छ”–उनले भने ।

विराटनगर–१ पोखरीकी १९ वर्षीया रञ्जनाचौंलागाईंकालागिमतदान संवैधानिकअधिकार मात्रहोइन, नेतृत्वलाई खबरदारी गर्ने अवसर पनिहो । “हाम्रा कुरा सुन्ने उम्मेदवार छान्न चाहन्छु” उनी भन्छिन्, “युवाहरूले पढेपछि रोजगारीकालागिविदेश जाननपरोस्, आफ्नै देशमाभविष्य देख्न पाइयोस् ।”

शिक्षा र स्वरोजगारको खोजी

विराटनगर–१ की २० वर्षीया श्रेया लुइटेल देशको शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो महसुस गर्छिन् । उनी भन्छिन्, “हाम्रो भावनाबुझ्ने र देशमा परिवर्तन ल्याउने नेताचाहिएको छ । युवापलायन रोकियोस् र शिक्षा क्षेत्रमा गुणात्मक सुधार आओस् ।” यस्तै धारणा विराटनगर–१० की १९ वर्षीया स्वातीपौडेलको पनि छ । उनी भ्रष्टाचारमुक्त नेपाल र स्वदेशमै सम्मानजनक रोजगारीको अवसर खोजिरहेकी छन् । मोरङ ग्रामथान–४ का २० वर्षीय अभिषेककुमार धामीले उच्च शिक्षापछि स्वदेशमै रोजगारीको वातावरण सिर्जनागर्ने वातावरण बनाउने जनप्रतिनिधिआउनुपर्ने बताए । 

निर्वाचनको मुखमाउम्मेदवारहरूले विकास, सुशासन र समृद्धिका ठूला सपना बाँडिरहेका छन् । पुरानामतदाताहरूले ‘अघिल्लो पटक पनि यस्तै भनेकाथिए’भन्दै अविश्वास व्यक्तगरिरहँदानयाँ पुस्ताले भने आफ्नो मतले देशको भाग्यबदल्न सकिन्छ भन्ने आशापालेका छन् । मोरङ ग्रामथान–३ का २१ वर्षीय सुजन चौधरी भन्छन्, “हामीले चुनेकाप्रतिनिधिले स्वदेशमै स्वरोजगारको वातावरण सिर्जनागर्ने नीतिबनाऊन् र व्याप्त भ्रष्टाचार अन्त्यगर्न सकून् ।”