धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ माथिल्लो आन्द्रुङबाट प्रहरीले रुद्राक्ष र सखुवा जातको काठ बरामद गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा रुद्राक्ष र सखुवा जातको काठसहित प्र.१–०–२–००३ त १७४४ नम्बरको ट्याक्टर र चालक महालक्ष्मी नगरपालिका वडा नं. ७ जितपुरका २९ वर्षीय विजय दर्जीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ट्याक्टरमा सालको चिरान काठ ६० थान अर्थात् ६९.१९ क्यु.फिट फेला पारेको हो । 

ट्याक्टरमा प्रहरीले सालको बाकल १४ थान र रुद्राक्षको चिरान काठ १७ थान अर्थात् ८.६९ क्यु.फिट बरामद गरेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । प्रहरीले काठसहित ट्याक्टर र चालकलाई कारबाहीका लागि मङ्गलबार डिभिजन वन कार्यालय धनकुटामा बुझाएको जनाएको छ ।