विजयपुर । फिफा यू–१५ विश्वकप तथा फेस्टिभल २०२६ का लागि सुनसरी जिल्लाबाट ४० जना फुटबल खेलाडी कोशी प्रदेशस्तरीय छनोट कार्यक्रममा सहभागी हुने भएका छन् ।

सुनसरी जिल्ला फुटबल संघले जारी गरेको सूचनाअनुसार जिल्लास्तरीय छनोट कार्यक्रमबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई कोशी प्रदेशस्तरीय छनोटका लागि छनोट गरिएको हो । संघले छनोट भएका खेलाडीहरूलाई आगामी प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन जानकारी गराएको छ । फुटबलमा नयाँ प्रतिभाको खोजी, पहिचान र विकास गर्ने उद्देश्यले सञ्चालन भइरहेको यस छनोट प्रक्रियाले सुनसरीका युवा खेलाडीलाई प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।