विजयपुर । नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मातृका नेपाल चयन भएका छन् ।

शनिबार इटहरीमा सम्पन्न १०औँ जिल्ला अधिवेशनले नेपाललाई अध्यक्षमा चयन गरेको हो । तीन वर्षे कार्यकालमध्ये पहिलो डेढ वर्ष नेपालले नेतृत्व गर्ने सहमति भएको छ । नेपालले आफ्नो डेढ वर्षे कार्यकाल पूरा गरेपछि बाँकी अवधिका लागि उषाकिरण घिमिरे (भट्टराई) लाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको जनाइएको छ । कार्यसमितिको उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी, समावेशी उपाध्यक्षमा वीरेन्द्र साह, सचिवमा सङ्गम विष्ट, समावेशी सहसचिवमा अजमल अन्सारी, महिला सहसचिवमा ज्योति पोखरेल र कोषाध्यक्षमा नसिम अन्सारी चयन भएका छन् । 

त्यस्तै, सदस्यहरूमा दीपक पुरी, मौसम कोइराला, निशा राई, स्मारिका राई, सुविक्षा राई, सञ्जीव तिम्सिना, सरोज श्रेष्ठ र भीम चौधरी चयन भएका छन् । अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हर्ष सुब्बा, ध्रुव ढकाल, पवन अधिकारी, अमर खड्का, सचिन पोखरेल, अजित झा, चेतन धमला, हेमराज दाहाल, चन्दा खड्का, मेनुका पाण्डे, उषाकिरण घिमिरे, गोविन्द घिमिरे र किरण पोखरेललाई निर्विरोध चयन गरेको छ ।

प्रदेश अधिवेशन प्रतिनिधिमा गणेश निरौला, सुप्रिया राई, सुरेन्द्र मेहता, खेमराज सापकोटा, पीएमणि भट्टराई, निशम चौधरी, रोहित राई कुलुङ, शुक्रान्त राई, सुनिल चौधरी, सन्तोष हलवाई, राजकुमारी चौधरी, गुरु ढकाल, दीपक कार्की, शान्ता निरौला र गङ्गा अधिकारी चयन भएका छन् ।