साहित्यकार दाजु गुरुङकाे उपन्यास 'निरजाेया' हङकङमा लाेकार्पण भएकाे छ ।

यसअघि दुई कथा संग्रह 'टाँकीका फुलहरु' र 'लाई-सी' बजारमा ल्याईसकेका गुरुङ यसपटक उपन्यास कृति लिएर पाठक माझ आएका हुन् । खाँदबारी स्थित बरुण बहुमुखी क्याम्पसका प्रथम  प्रमुख रहेका गुरुङ हाल हङकङमा समाजसेवा र साहित्य क्षेत्रमा सक्रिय छन् । 

संखुवासभा समाज हङकङकाे आयाेजना र हङकङ साहित्य साझा श्रृङखलाकाे सहआयाेजनामा आईतबार हङकङकाे ब्लु ओसन रेष्टुरेन्टमा आयाेजीत समाराेहमा उपन्यास लाेकार्पण गरिएकाे हाे । कार्यक्रमका सभापति संखुवासभा समाजका अध्यक्ष  लिलाबहादुर गुरुङ, प्रमुख अतिथि हङकङ नेपाली महावाणिज्यदूतावासका उप-महावाणिज्यदूत भाेजकुमार भट्टराई लगायत विशेष अतिथिहरुले उपन्यासको लाेकार्पण गरेका हुन् ।

received_420122220813523

कार्यक्रममा हङकङ नेपाली महासंघका उपाध्यक्ष नवीन सुहाङ, चेम्बर अफ कमर्स हङकङका अध्यक्ष लवकुमार गुरुङ, तमु ट्हाे ह्युल हङकङका अध्यक्ष विजय गुरुङ,  तमु समाज हङकङका अध्यक्ष नरेन्द्र गुरुङ, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शम्शेर तुम्बाहाङ्फे, हङकङ साहित्य साझा श्रृङखलाका अध्यक्ष रमण गुरुङ, लेखक कमल पाैडेल, संखुवासभाकाे खाँदबारी नगरपालिका वडा नं ४ का अध्यक्ष विनाेद सुब्बा गुरुङ र युवा नेता टेकबहमदुर बिक लगायतका विशेष अतिथिहरुकाे सहभागीता रहेकाे थियाे ।

received_338350286025725

कार्यक्रममा बज्रकुमार थुलुङ र देवेन्द्र खेरेसले उपन्यासकाे समीक्षा गरेका थिए भने अन्य अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए । संखुवासभा समाजका सचिव मणिशेखर गुरुले सञ्चालन गरेकाे कार्यक्रममा हङकङकाे नेपाली समुदायका साहित्यकार, समाजसेवीहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

received_1572362060360804