श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ९ गते बुधबार, २२ मे २०२४, कालयुक्त संवत्सर । वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि १९ः१० बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र स्वाती ०८ः०५ बजेसम्म, उप्रान्त    विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः११ बजे र सूर्यास्त ०६ः४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। परिवेश उल्लासमय रहनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन्दर उपहारले प्रफुल्लित भइनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ । शुभचिन्तकहरूले साथ दिनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सजिलै सम्पादन हुनेछन् । व्यापारमा फाइदा उठाउन सकिनेछ।