श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत १६ गते शुक्रबार, २९ मार्च २०२४, पिङ्गलनाम संवत्सर । चैत्र कृष्ण  पक्षको चतुर्थी तिथि २०ः३९ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र विशाखा २०ः५१ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः५७ बजे र सूर्यास्त ०६ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन रमाइलो रहनेछ। चिताएको कार्य पूरा नभए पनि पछिलाई फाइदा हुने काम थालनी हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ। छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्लान्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।