पूर्वमा पछिल्लाे समय चर्चामा रहेकी गायिका जुनी खालिङ राईले धनकुटाकाे साँगुरीगढी-९ स्थित चाँदीबजारमा सांगीतिक प्रस्तुति दिएकी छन् ।

आफ्नाे जन्मस्थानमा आयाेजीत सांगीतिक उत्सवमा गाउन मञ्चमा उक्लिएकी गायिका जुनीले आफ्ना गीतहरु प्रस्तुत गरेर चाँदीबजार गुन्जाईन् । उनकाे प्रस्तुतिमा स्थानीयले नाचेर साथ दिएका थिए ।  जन्मस्थानमा गाउन पाउँदा अत्यन्तै खुसी लागेकाे उनले बताईन् । उनले सांगीतिक उत्सवबाट पाएकाे पारिश्रमिककाे केही रकम सामाजिक काममा खर्च गर्नका लागि स्थानीय वडा अध्यक्षलाई हस्तान्तरण गरेकाे जानकारी दिईन् । उनले भनिन्, "आफ्नाे ठाउँमा गाउन पाउँदा अत्यन्तै खुसी लाग्याे । आफ्नाे ठाउँमा केही सहयाेग गर्ने साेंचले पारिश्रमिकबाट केही रकम हस्तान्तरण गरेकी हुँ ।"

दुई दिनसम्म चलेकाे सांगीतिक उत्सवमा सुनिता थेगिम, कृष्णभक्त राई लगायतका कलाकारले पनि गीत प्रस्तुत गरेका थिए ।