श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत्र १ गते बिहीबार, १४ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन शुक्लपक्षको पञ्चमी तिथि २३ः४३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र भरणी १७ः११ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः१४ बजे र सूर्यास्त ०६ः११ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गरेको काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको सफलताले हौसला जगाउनेछ । व्यापारले फाइदा दिनेछ । पछिका लागि जग बसाउने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ।मालसामान हराउने सम्भावाना देखिएकाले होसियारी गर्नुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रलोभन देखाउनेहरूले झुक्याउन सक्छन् । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक किनमेलमा अधिक रकम खर्च हुनेछ । परिणाम विचार नगरी काम थाल्दा दुःख मात्र पाइनेछ ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम तथा व्यवसायमा ध्यान पु¥याउनु होला । रकम जुटाउन समय लाग्नेछ । आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । ऋणभार बढ्न सक्छ । सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। मिहिनेतले लक्ष्यमा पु¥याउनेछ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नु पर्ला।मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू सङ्ग्रह हुनेछन्। धेरैको मन जित्न सकिनेछ।