हङकङमा गुरुङ फिल्म ‘शिरसुबा’ प्रदर्शन गरिएको छ । हङकङका दर्शकले फिल्मका कलाकारहरुसँगै फिल्म हेरेका छन् ।

भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको प्रस्तुतिमा निर्माण भएको दोस्रो गुरुङ फिल्म ‘शिरसुबा’ का कलाकारहरुको उपस्थितिमा प्रदर्शन  गरिएको हो । कलाकार माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्मित फिल्ममा विश्वास गुरुङ, सुमन गुरुङ, सुमीत गुरुङ, प्रिती गुरुङ, आइतराम गुरुङ, सुरज गुरुङ, सोम गुरुङ, डिबी गुरुङ, रविता गुरुङ, अञ्जु गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, अंशु गुरुङ, कुल बहादुर गुरुङ, शंकर गुरुङ, अतीत गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा अतिथि कलाकारको रुपमा रजनी गुरुङ, विमल गुरुङ, विरवल घले, राजेन्द्र थापा, लक्ष्मी गुरुङले पनि अभिनय गरेका छन् । विमल गुरुङले निर्माण गरेको फिल्मको छायाँकन सुशान्त प्रजापतिले गरेका हुन् । फिल्मका गीतमा संगीत धन बहादुर गुरुङ र मनोज गुरुङले भरेका छन् । गीतको रचना विमल गुरुङले गरेका छन् । 
फिल्मको पाश्र्व गायन धनबहादुर गुरुङ, सरुन गुरुङ र नीशा गुरुङले गरेका छन् । फिलमको सम्पादन सोम गुरुङ र सह निर्देशन सुजता गुरुङको रहेको छ । 

कास्कीको रमणीय गाउँमा छायाँकन गरिएको ‘शिरसुबा’ हङकङका दर्शकले पनि मन पराएका छन् । फिल्म विभिन्न देशमा प्रदर्शन गर्ने निर्माण पक्षको योजना रहेको छ ।