श्री शालवाहनीय शाके १९४५ ने.सं.११४४ वि.सं. २०८० साल माघ २७ गते शनिबार, १० फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । माघ शुक्लपक्षको प्रतिपदा तिथि भोलि ०१ः०९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र धनिष्ठा २०ः५२ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः४५ बजे र सूर्यास्त ०५ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।थालेको काम परिस्थितिवश पूरा नहुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परोपकारी काममा प्रवृत्त भइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समस्याप्रति गम्भीर नहुँदा दुःख पाइनेछ । कामको चाप बढ्ने र शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरै धन र परिश्रम खर्चनु पर्ला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बनिसकेको काम दोहो¥याउनु पर्ने हुनसक्छ । अतिथिको रूपमा सत्कार पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालसामान जुटाउन प्रेरित गर्नेछ । साथीभाइको सहयोग जुट्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।