'कन्सर्ट बेस्ड रियालिटी शो' सङ्खुवासभा आइडल सिजन-३ अन्तर्गत धरानमा आगामी माघ २६ गते शुक्रबार 'साइनो साँझ' आयोजना हुने भएको छ ।

धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा हुने कन्सर्टबाट आइडलका उत्कृष्ट १३ ले प्रस्तुति दिनेछन् । प्रस्तुतिबाट उत्कृष्ट ५ छनोट हुने संयोजक वीरबहादुर लिम्बूले जानकारी दिए ।

आइडलभर जम्मा २९ वटा कन्सर्ट आयोजना हुने आयोजकको भनाइ छ । 'हाल २४ वटा कन्सर्ट  सकिएको छ,' संयोजक लिम्बूले भने, 'कन्सर्ट बेस्ड रियालिटी शोलाई सिरियल बेस्डमा लान प्रयास गरिरहेका छौं ।'

आइडलको उत्कृष्ट-५ धरानमा भएपछि उत्कृष्ट-३ राजधानीस्थित राष्ट्रिय नाचघरमा हुनेछ । यस्तै  फिनाले सङ्खुवा सभाको खाँदबारीमा हुने आयोजकको भनाइ छ ।

उत्कृष्ट ५ प्रतियोगीले व्यक्तिगत एउटा गीत रेकर्ड गराउने अवसर प्राप्त गर्नेछन् । 'स्टुडियो राउण्डमा
५ सिनियर सङ्गीतकारका गीत पाउने छन् ।' संयोजक लिम्बूले भने, '५ जनाको 'डेब्यु  सङ' लिएर दार्जिलिङ र सिक्किमको सात दिने भ्रमणमा जानेछन् ।'

धरानमा २ लाख खर्चमा कन्सर्ट आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । उत्कृष्ट २० देखि भोटिङ राउण्ड सुरु भएको आइडलको उत्कृष्ट १० छनोटपछि ३ जनालाई 'वाइल्ड कार्ड' मार्फत प्रवेश गराइएको आइडलका सहसंयोजक मनिष श्रेष्ठले जानकारी दिए ।

कन्सर्टका टिकट दर फेमेली १ हजार, व्यक्तिगत ५ सय र १ सय रुपैयाँ राखिएको छ । प्रतियोगीले २-२ वटा गीत प्रस्तुत गर्नेछन् । 

Sangkhuwa sabha idol press note 1

sangkhuwa sabha idol press note 2