धनकुटामा गायक तथा सङ्गीतकार कृष्णभक्त राई र गायिका जुनी खालिङ राईको साङ्गीतिक कार्यक्रम हुने भएको छ ।

लोक तथा आधुनिक गीतमा चिनिएका गायक कृष्णभक्त र गायिका जुनीले धनकुटामा आयोजना हुने कार्यक्रम ‘गीत गुञ्जन २०८०’मा सांगीतिक प्रस्तुति दिने भएका हुन् । हाम्रो बहुमुखी पाठशालाको आयोजनामा यहि पुस १९ गते बिहिबार सांगीतिक कार्यक्रम हुने भएको हो । धनकुटा ७ स्थित हाम्रो बहुमुखी पाठशालाकै खेल मैदानमा हुने कार्यक्रममा गायक गायिकाले दर्जन भन्दा बढी गीतहरु गाउने छन् । 

गायिका जुनीले धनकुटामा रहेर लोक तथा आधुनिक गीत सार्वजनिक गरिरहेकी छन् । उनले आफ्ना गीतहरु युट्युब च्यानल मार्फत सार्वजनिक गर्ने गरेकी छन् । उनले गायक तथा सङ्गीतकार कृष्णभक्तसँग सहकार्य गरेर गीत गाएकी छन् । उनले यो कार्यक्रम धनकुटामै पहिलो पटक लाईभ बाजागाजा सहित गर्न लागिएको बताईन् । कार्यक्रम भव्य हुने र त्यसका लागि सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको उनको भनाई छ ।  उनी भन्छिन्, ‘लोक तथा आधुनिक गीत सङ्गीतलाई माया गर्नेहरुले कार्यक्रमलाई भव्य बनाउन सहयोग गरिरहनु भएको छ ।’