भरौल । थारू चलचित्र ‘सजनी तोहर बिन’ सुनसरीको झुम्कास्थित म्याजिक हलमा प्रदर्शन गरिने भएको छ ।

यही कात्तिक १५ र १६ गते दशैँतिहारको अवसर पारेर वराहक्षेत्र मिडिया प्रा.लि.ले फिल्म प्रदर्शन गर्न लागेको हो । फिल्म युवापुस्ता कुलतमा फसेर अकालमै ज्यान गुमाएको विषयवस्तुमा आधारित रहेको छ ।

फिल्ममा अभिनयसमेत गरेका सचेत चौधरीले लामो सयम विदेशमा बसी फर्किएपछि यहाँको समस्यालाई उजागर गर्नका लागि फिल्मको कथा लेखेको बताए । फिल्मको माध्यमबाट युवापुस्तालाई परिवर्तन गराउन सकिन्छ कि भन्ने अपेक्षा गरिएको मुख्य कलाकारसमेत रहेका उनले बताए ।

फिल्मका निर्माता प्रदीप बासमैतका अनुसार फिल्मले समाजभित्रको कथालाई उजागर गरेको छ । फिल्ममा दर्शकहरूले आफ्नै कथा पाउने उनले बताए । फिल्मको निर्देशन आश थारूले गरेका हुन् भने फिल्मका डेब्यू नायिका मोडल सुजु चौधरी छिन् । उनले आफ्नो पहिलो फिल्म भएको बताइन् । उनले आफ्नो करिअरसँग जोडिएकाले फिल्मका सक्दो मिहिनेत गरेको बताइन् ।

फिल्म विभिन्न पर्यटकीय स्थलहरूमा छायाङ्कन गरिएको कलाकारसमेत रहेका निर्माता बासमैतले जनाए । फिल्ममा थारू हास्य कलाकार पाण्डव चौधरी, कृष्ण चौधरी, सानु विसवास, पूजा, रोशनी, भूवन, हरिनारायण, नेहा, आकृति, सम्झना, शिव शङ्कर, मायाराम, निरज, रोहन, प्रमोद, सकुन्तला, रोहन, आनन्द, विनोद, सञ्जय, अञ्जली, वविता र जेसीका चौधरीलगायत छन् ।