श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कार्तिक १४ गते मङ्गलबार, ३१ अक्टोवर २०२३, पिंगल संवत्सर, कार्तिक कृष्णपक्षको तृतिया तिथि २१ः४८ बजेसम्म उप्रान्त चतुर्थी, नक्षत्र रोहिणी भोलि ०४ः१३ बजेसम्म मृगशीरा, चन्द्रराशि–वृष। सुर्योदय ०६ः१३ बजे र सुर्यास्त ०५ः२१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले काममा साथ दिनेछन्। दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुन सक्छ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ।आँटेको काम गर्न बिहानै जुट्नुहोला।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर विशेष योजना सार्वजनिक नगर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आस लागेको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हतारमा निर्णय नलिनुहोला । काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूको साथ–सहयोग पाइनेछ। दिगो काम प्रारम्भ गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
श्रम परे पनि दिन उपलब्धिमूलक रहनेछ। तर अधैर्य व्यवहार दर्साउँदा बिहान भने काम बिग्रन सक्छ।