श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक २ गते बिहीबार, १९ अक्टोबर २०२३, पिङ्गगलनाम संवत्सर । आश्विन शुक्लपक्षको पञ्चमी तिथि भोलि ००ः४६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र ज्येष्ठा २१ः१५ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः०५ बजे र सूर्यास्त ०५ः३१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजोर नतिजा सच्याउन केही काम दोहो¥याउनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। विवादमा अघि नसर्नुहोला।   
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सावधानीले नै सम्भावित समस्या टर्न सक्छ।काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।     
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सोखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यसअघि रोकिएको काम प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
योजनाअनुसार समयमै काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। पेसा–व्यवसायबाट फाइदा हुनेछ।    
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
माया मारेको नतिजासमेत सकारात्मक हुनेछ । यात्राको प्रक्रिया अघि बढ्ने समय छ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला।