उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा प्रहरीले आरपीजी –७ सहित हतियार रगोलाबारुद फेला पारेको छ। प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नजारीले केही दिनअघि उक्त प्रान्तमा गरिएको शृङ्खलाबद्ध अपरेसनमा चार टुक्रा एकेएम, एउटा मेसिनगन, एउटा आरपीजी –७ रकेट लन्चर र अमेरिकामा बनेको एम १६ एसल्ट राइफल बरामद गरिएको बताए । 

उनका अनुसार अपरेसनका क्रममा हजारौँ गोली र प्रोजेक्टाइल पनि बरामद गरिएको छ। यस्तै कारवाहीका क्रममा प्रहरीले शुक्रबार पूर्वी अफगानिस्तानको पन्जसिर प्रान्तमा पनि हतियार र गोलाबारुद फेला पारेको थियो ।