नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन्  । एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमालेभित्र फुट ल्याउन प्रयास गरेको बताएका हुन् ।

उनले नवनिर्वाचितलाई शुभकामना दिँदै त्यस अनुसारको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै उनले जित्ने, नजित्ने सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे । ओलीले पार्टीभित्रका मधुकैटवले दिनु दुःख दिएको बताउँदै उनीहरू अहिले कांग्रेसको पाउमा पुगेको बताए । 

देश चलाउने एमाले भएको बताउँदै उनले फुटको प्रयास गर्नेहरु एमालेभित्र कहिल्यै सफल नहुने बताए । उनले नवनिर्वाचित कमिटीलाई जिम्मेवारी कुशलताका साथ निर्वाह गर्न आग्रह गरे । आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै ओलीले सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे ।

उनले त्यस्ता सपनाहरू एमालेभित्र कहिल्यै सफल नहुने दाबी गरे । उनले देश चलाउन एमालेबाहेक अरू नभएको बताउँदै त्यसका लागि मिसन ८४ अनुसार जित्न आवश्यक भएको बताए ।

उनले आपसमा लड्नुपर्ने कुनै कुरा नभएको भन्दै विरोधीसँग लड्न आवश्यक रहेकामा जोड दिए । हारेको र जितेको दुवै पचाउन उनले आग्रह गरे ।