मोरङको ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको शनिबार बिहान मृत्यु भएको हो ।
बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीय बासिन्दाले फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा ल्याइएकोमा उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए ।