काठमाडौ / राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ( वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड ) पाँच जना चिकित्सकलाई प्रदान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत डा अर्चना अमात्य, डा गीता शाक्य, डा मीता सिंह, डा कोकिला वैद्य र डा प्रमिला प्रधान सो सम्मान अर्पण गरिएको हो । 

यसैगरी राष्ट्रपति पौडेलले डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा गीता कार्की राना लाई ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । सम्मानित चिकित्सकलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरेका छन् । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षाजस्ता संविधानले नै नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार सदैव प्रयत्नशील रहेको बताएका छन् । 

उनले  स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी आवश्यक रहेको र मुलुकमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति तयार गर्न बेलैमा ध्यान दिन सक्नुपर्ने बताएका छन् । कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्की र सम्मान छनोट समितिका संयोजक एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव किरण रेग्मीले पनि सङ्घले गर्दै आएका कार्यबारे जानकारी गराएका छन् ।