ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङमा विभिन्न समयमा  बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी गरिएको  । ताप्लेजुङ जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाँउने तयारी भइरहेको जनाएको छ । 

वन्यजन्तुका करिब साढे २५ किलो आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाउने तयारी भएको कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले जानकारी दिएका छन् । उनका अनुसार सालक, भालु, रतुवा मृग, घोरल र याक रचौँरीगाईको गरि करिब २५ दशमलव ५५१ किलोग्राम आखेटोपहार चितवन पठाउन लागिएको हो । 

कार्यालयका सहायक वन अधिकृत परमेश्वर पासवानका अनुसार शून्य दशमलव ९८१ किलोग्राम सालकको खपेटा, २।३० किलोग्राम भालुको, ४।४६ किलोग्राम याक तथा चौंरीको, १३।८८ किलोग्राम रतुवा मृगको, १ दशमलव ४४ किलोग्राम घोरलको तथा अन्य मृगको छाला चितवन पठाइने भएको छ । उक्त आखेटोपहार विसं २०७९ चैत २ गते बरामद भएको वन कार्यालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तुका आखेटोपहार घरमा राख्न, खरिद बिक्री, ओसारपसार गर्न, हस्तान्तरण गरी लिनरदिन नपाइने व्यवस्था रहेको छ । 

प्राकृतिक रुपमा मृत्यु भएका वन्यजन्तुबाट सङ्कलन गरिएका, वन्यजन्तु अपराधमा कानुनी कारबाहीको सिलसिलामा बरामद भएका र अन्य स्रोतबाट प्राप्त हुन आएका बाघ,चितुवाको छाला, हाड, खप्पर, दाह्रा, नङ्ग्र्रा, जुङ्गा, गैँडाको खाग, खुर, ढाल, हात्तीको दाह्रा, भालुको पित्त, कस्तुरीको विना, अजिङ्गर, रेडपाण्डाको छाला, चिरुको रौँ, सालकको खपेटा र अन्य यस्तै आखेटोपहार जिन्सी खातामा आम्दानी बाँधी भण्डारण गरिँदै आएको वन अधिकृत शाहले जानकारी दिएका छन् ।  

उनका अनुसार भण्डारणका लागि डिभिजन वन कार्यालयको कानुनी क्षेत्राधिकारभित्र बरामद भएका आखेटोपहार सशस्त्र वन तालिम केन्द्र चितवन टिकौली र निकुञ्ज,आरक्षण रसंरक्षण क्षेत्र कार्यालयको क्षेत्राधिकारभित्र बरामद भएका अन्य वन्यजन्तुका आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कसरा, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धार, लामटाङ राष्ट्रिय निकुञ्जलगायतका स्थानमा भण्डारण गरिँदै आइएको छ ।

प्राकृतिक मृत्यु भएका वन्यजन्तुबाट झिकिएका वा कानुनबमोजिम बरामद गरिएका वा अन्य जुनसुकै स्रोतबाट प्राप्त भएका आखेटोपहार कार्यालयको जिन्सीखातामा आम्दानी बाँधी राख्ने र भण्डारण गर्दा सुरक्षित थैलामा राखी आखेटोपहारको नाम, परिणाम, स्रोत प्राप्त मिति, जिन्सी खाता पाना नम्बर समेत उल्लेख गरी सिलबन्दी लाहछाप लगाई बलियो काठको वाकस वा दराजमा राख्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ । शाहले बताएका छन् ।  कानुनी प्रक्रिया पूरा गरी भण्डारण गरिएका आखेटोपहारलाई ऐन अनुसार थप व्यवस्थापनका लागि चितवन पठाइन लागिएको उहाँको भनाइ थियो ।