राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनले सर्वसम्मत रुपमा अरुण गुरुङलाई अध्यक्ष चयन गरेको छ । गुरुङ यसअघि प्रदेश संयोजक थिए । उनैको सभाध्यक्षतामा पहिलो अधिवेशन सम्पन्न भएको  छ । 

८९ सदस्यीय प्रदेश कमिटीको उपाध्यक्षमा जयप्रकाश रायमाझी (मोरङ), सचिव विनोद राना (झापा), सहसचिव निरजमान सिहं बस्नेत, सहसचिव शरण फागो (इलाम) र कोषाध्यक्षमा दिपेन्द्र घिसिङ तामाङ चयन भएका छन् ।


यस्तै  विभागीय प्रमुखहरुमा प्रवक्ता मनोज राय (सुनसरी), युथ फोर्स प्रमुख राजन बानिया (सुनसरी),
साइबर सर्कल प्रमुख सागर पोखरेल (तेह्रथुम), विज्ञ युवा परिषद दिनेश खड्का, महिला विभाग प्रमुख पार्वती तामाङ चयन भएका छन् । संगठन विभाग प्रमुखमा आनन् राई (सुनसरी) चयन भएका छन् । 

धरानस्थित लांघाली सामुदायिक वनस्थित सभाहलमा सम्पन्न अधिवेशन सम्पन्न भएको हो । हिजो नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अधिवेशनको उद्घाटन गरेका थिए ।