नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ सुनसरी जिल्ला कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

महासङ्घका जिल्ला सभापति तिलबहादुर सुनुवारको सभापतित्वमा इनरुवामा भएको बैठकमा महासङ्घका जिल्ला सदस्यहरूको परिचयका साथै दिवङ्गत महासङ्घ सदस्य पुष्पादेवी राईको स्मृतिमा शोक प्रस्ताव पारित गरियो । बैठकले कार्यालय व्यवस्थापनका विषयमा पनि निर्णय गरेको महासङ्घ जिल्ला सदस्य गङ्गबहादुर लिम्बू (गगन)ले जानकारी दिए ।

त्यसैगरी महासङ्घको परिचय बोर्डको शनिबारै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका छन् । कार्यक्रम नेपाली काङ्ग्रेसका सुनसरी जिल्ला प्रवक्ता तथा सचिव वीरेन्द्र साहको उपस्थितिमा भएको थियो ।