धरान । कवि सन्तोष थेबेको दोस्रो काव्यकृति स्मृतिको पुरानो दह आउँदो शनिबार सार्वजनिक हुने भएको छ ।

कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान धरानले प्रकाशनमा ल्याएको कृतिमा ५५ वटा कविता अटाएका छन् । यसअघि कवि थेबेको फालेलुङ र काबेली बजार नामक कविता कृति ल्याएका थिए ।

२०७३ सालमा प्रकाशित उक्त कविता कृतिपश्चात् ७ वर्षपछि दोस्रो कृति ल्याउन लागेका हुन् । कृति शनिबार धरानमा विमोचन गरी सार्वजनिक गर्ने तयारी भएको प्रतिष्ठानले जनाएको छ ।