पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका चाँडै सञ्चालनमा आउने बताएका छन् । आज संखुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथांका नाका चाँडै सञ्चालनमा ल्याइने बताए ।
किमाथांका नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने पराष्ट्रमन्त्री साउदले बताए । किमाथांका नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
यही सेप्टेम्बर २३ मा हुने प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणमा किमाथांका नाका खुलाउने विषयलाई पनि ‘एजेन्डा’मा राखिएको मन्त्री साउदले बताए ।
ऐतिहासिक किमाथांका नाकाबाट पूर्वको व्यापार व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुग्ने भएकाले चीन भ्रमणमा प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्री साउदले बताए । किमाथांकामा सडक तथा ट्रान्समिसन लाइन निर्माणका लागि पनि चीन सरकार सकारात्मक रहेको परराष्ट्रमन्त्री साउदले बताए ।
किमाथांका नाका खुलाउन चीन सरकारसँग पहल गरिदिन संखुवासभाका जनप्रतिनिधि र सरोकारवाला निकायले प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदलाई पनि यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । यसअघि प्रचलनमा नै रहेको यो नाका कोरोना महामारी आएसँगै चीन सरकारले बन्द गरेको हो । नाका बन्द हुँदा भोटखोलामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको संकट भएको छ ।