कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कार्कीद्वारा सर्वोच्चमा दर्ता रिटको सोमबार पूर्ण इजलासमा भएको सुनुवाइ हेर्दा हेर्दैमा परेको छ ।

सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएकोे सुनुवाइ हेर्दा हेर्दैमा परेको हो । मुद्दाको सुनुवाइ भोलि जारी रहनेछ । 

हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश दिएको  थियो । 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश खतिवडाको एकल इजलासले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएकोलाई संविधानसम्मत् नभएको ठहर गरेको थियो ।