विकास के हो ? विकास भनेको चेतना र सृजना दुवै हो । विकास रूपान्तरणको प्रक्रिया हो । यो गतिशील र बहुआयामिक हुन्छ । यसले सत्ता चलाउनेको नियत, दूरदृष्टि र विवेकको परीक्षा पनि गर्छ । तर, आज विकासलाई शासकहरूले परिणाम हैन, प्रचार र हल्लाको विषय बनाएको दुर्भाग्यपूर्ण नियति हामीले विगतदेखि नै व्यहोर्दै आएका छौँ ।

बाढी इटहरीको प्रमुख र जल्दोबल्दो समस्या हो । के बाढीको प्रकोप सहरीकरणले ल्याएको हो त ? जसरी सहरीकरण बढ्दै गयो, त्यसरी नै सँगसँगै बढेको प्रकोप हो बाढी ? बेलैदेखि निरोधमा ध्यान नदिएर यस्तो भएको हो त ? मेरो विचारमा अव्यवस्थित सहरीकरण बाढी प्रकोपको एक कारण मात्र हो । समस्या चिन्ने तर, समाधान नभएको हल्ला बोलेर दोष पन्छाउन सिपालु हुन्छन् । त्यसैले बाढी प्रकोपको उपचार पछि गरौँला भनेर लापरबाही गर्ने छुट इटहरी नेतृत्वलाई छैन ।

इटहरीको इतिहासमा पछिल्लो ४० वर्षमा २०४२ साल, २०५२ साल, २०७४ साल र २०७८ सालमा ठूला–ठूला बाढी आए । वर्तमान इटहरीमा ४० र ५० को दशकमा आएका बाढीको चपेटामा परेका र भोगेकाहरू सानो सङ्ख्यामा छन् भने ८० को दशकका पछिल्ला २ बाढीका हामी अधिकांश भुक्तभोगी हौँ । उक्त ४ वटै बाढी एक से एक ठूला, ऐतिहासिक र अभूतपूर्व थिए ।

०४२ सालको बाढीले इटहरीको बजारलाई नै ३ फिट उच्चा बनायो । सेहरा खोलामा आएको बाढीको उलाउ जङ्गल हुँदै इटहरी पसेर त्यति ठूलो बाढीको प्रकोप भएको ठहर गरियो । त्यसै समयबाट सेहरा तटबन्धको योजना बन्यो र कार्य पनि सुरु भयो । यस्तै ०५२ सालको बाढीले पहिलो पटक टेङ्ग्रा पुल र खेती खोलाका दुवै पुलमा पानी भरिएर समग्र इटहरी जलमग्न बनायो । आइतबारे, सैनिक क्याम्प, तल्लो हलगडा पूरै डुबायो । नेपाल प्रहरी र नेपाली सेनाले उद्धार टोली खटायो ।

बाढी इटहरीको प्रमुख र जल्दोबल्दो समस्या हो । के बाढीको प्रकोप सहरीकरणले ल्याएको हो त ? जसरी सहरीकरण बढ्दै गयो, त्यसरी नै सँगसँगै बढेको प्रकोप हो बाढी ? बेलैदेखि निरोधमा ध्यान नदिएर यस्तो भएको हो त ? मेरो विचारमा अव्यवस्थित सहरीकरण बाढी प्रकोपको एक कारण मात्र हो । समस्या चिन्ने तर, समाधान नभएको हल्ला बोलेर दोष पन्छाउन सिपालु हुन्छन् । त्यसैले बाढी प्रकोपको उपचार पछि गरौँला भनेर लापरबाही गर्ने छुट इटहरी नेतृत्वलाई छैन ।

नेपाली सेनाको कर्णेल नेपालभूषण चन्द आफै खटेर बाढीपछिको उद्धार र पुनस्र्थापनाको कार्य गर्नुभयो । यो पटक पनि सेहरा खोलाको तटबन्ध फुटेर इटहरीमा बाढी प्रकोप भएको थियो । इटहरीको बाढी प्रकोप नियन्त्रणमा टेङ्ग्रा डाइभर्सन नै एक दिगो समाधान हो भनेर पहिलो पटक उठ्यो र यो सेनाको पहलमा राष्ट्रिय बजेट ल्याएर मात्र सम्भव हुन सक्छ भन्ने सुझाव दिइएको थियो । त्यो समयमा डाइभर्सन वडा नं. ३ र ४ को सीमा नजिकबाट हुनुपर्दछ भन्ने अवधारणा थियो ।

इटहरीमा २०७४ साउनमा अपूर्व वर्षा भएर ठूलो बाढी आयो । यो बाढी इटहरी खण्डको पूर्व–पश्चिम राजमार्गको लगभग सबै भाग माथिबाट बाढी बग्यो । यसको चपेटामा इटहरी उपमहानगरको सघन मानव बस्ती र बूढीखोला किनारका सबै बस्तीहरू मुख्यरूपमा डुबान र कटानमा परे । ठूलो जनधनको क्षति भयो । इटहरी र मोरङको छिमेकी नगर जोड्ने झोलुङ्गे पुल बगायो । बाढीले बस्तीहरूमा ५ फिटसम्म लेदो भरियो । यस्तै २०७८ साल कात्तिकमा बेमौसमी, अभूतपूर्व र आजपर्यन्त योभन्दा ठूलो बाढीको चपेटामा इटहरी कहिल्यै परेको थिएन । यो बाढी सबै राजमार्ग कटेर ३ फिट माथिसम्म बग्यो । यसले इटहरीका ५०% घरभित्र पसेर क्षति ग¥यो । देशैभर बालीनाली जनधनको ठूलो क्षति भयो । काटेको धान बगायो, नकाटेको धान लडाएर र डुबाएर हिलोमा गाड्यो । सरकारले किसानलाई क्षतिपूर्ति दिने घोषणासमेत ग¥यो । लेदोले भरिएर विराटनगर एयरपोर्ट कयौँ दिन बन्द भयो ।

बाढीका उक्त अनुभवसमेतका आधारमा इटहरीमा समाधान खोज्नुपर्ने हुन्छ । ४ दशकमा ४ ठूला बाढी अघिल्ला दुई बाढी नियमितजस्ता छन् र पछिल्ला दुई भने आकस्मिकजस्ता छन् । पछिल्ला दुई बाढी ४ वर्षको अन्तरालमा दोहोरिएका छन् । यो बाढी प्रकोपको समस्या समाधानको लागि सर्वप्रथम इटहरी उपमहानगरपालिकाले आफ्नो दीर्घकालीन विकासको गुरुयोजना बनाउनु पर्दछ र त्यसको प्रमुख प्राथमिकताको एक कार्यमा बाढी नियन्त्रण हुनुपर्दछ । त्यसपछि बृहत् अध्ययनको आधारमा एक बाढी नियन्त्रण परियोजना बनाउनु पर्दछ । परियोजना कार्यान्वयनमा निम्न ५ बुँदामा उल्लेखित समाधानका उपायसमेत जोडी बाढी प्रकोपको नियन्त्रणको दिगो समाधान गर्नुपर्छ । जलवायु परिवर्तनका कारण पछिल्लो समयमा वर्षा प्रणालीमा नै प्रभाव परिरहेको चर्चा छ । यस्तो अवस्थामा दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन थालनी गर्ने कि थप समय अध्ययन गरी आवश्यकता र जलवायु अनुकूलन हुने गरी परियोजना बनाई कार्यान्वयन गर्ने ? त्यो विज्ञहरूलाई छोड्नु नै उपयुक्त हुन्छ ।

इटहरीको सभ्यतालाई नै काम लाग्ने गरी कार्यदल नै बनएर सबै पानीका स्रोत, खोला र पैनीहरूको विस्तृत अध्ययन गरी खोलाको मुहानदेखि दोभानसम्म र पैनीको बाँधदेखि बाँध हुँदै खेतसम्म परिभाषा गर्नु पर्दछ । सहरभित्रका सबै परम्परागत निकास र पैनीहरूको नक्साअनुसार सीमाङ्कन र सम्भावित बाधाहरूको पहिचान गर्नु पर्दछ । सीमाङ्कन र पहिचानपश्चात् ‘समाधान’ परियोजनामा समावेश गरेर प्रभावित जनतालाई विश्वासमा लिएर गर्न सकिन्छ ।

जलवायु परिवर्तनका कारण पछिल्लो समयमा वर्षा प्रणालीमा नै प्रभाव परिरहेको चर्चा छ । यस्तो अवस्थामा दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन थालनी गर्ने कि थप समय अध्ययन गरी आवश्यकता र जलवायु अनुकूलन हुने गरी परियोजना बनाई कार्यान्वयन गर्ने ? त्यो विज्ञहरूलाई छोड्नु नै उपयुक्त हुन्छ ।

सबैभन्दा पहिले खोला र पैनीहरूको बहाव क्षेत्रको परिभाषा हुनु जरुरी छ । बहाव क्षेत्रको परिभाषापश्चात् खोलाहरूको स्तर (सतहको गहिराइ, फैलावट र बहाव मात्रा) को आधारमा औचित्य पुष्टि हुने फरक–फरक सेटब्याक हुनु पर्छ । टेङ्ग्रा खोला र खेती खोलाको कभत दबअप मापदण्ड एकै हुनु हुँदैन । स्तरको आधारमा टेङ्ग्रा खोलाको ६–६ मिटर हुँदा खेती खोलाको ४–४ मिटरभन्दा बढी हुनु हुँदैन । अझ पैनी र खोलाको मापदण्ड एकै बनाउनु न्यायपूर्ण हुँदै होइन । त्यसैले सुकुमारीसमेत सबै जीवित वा मृत पैनीहरूको कभत दबअप २–२ मिटरभन्दा बढीको औचित्य पुष्टि सम्भव नै हुँदैन । ६–६ मिटर भनेको या गल्ती हो या पूर्वाग्रह ? यसले शासकको नियत, चेत र स्तर जाहेर गर्दछु । गल्ती भए सच्चिन्छ, पूर्वाग्रह भए भन्न सकिन्न । कामना गर्दछु त्यस्तो नहोस् ।

यसै सन्दर्भमा मलाई लागेका, मैले देखेका र भोगेका आधारमा केही सुझावहरू राख्दछु ।

१) पूर्व–पश्चिम लोक मार्गमा बनेका कल्भर्टहरू परापूर्वका रैथाने निकास (इटहरी सभ्यताको विकाससँगै सिद्ध भएका निकास) हुन् । यिनलाई निकम्मा बनाउनु बाढी प्रकोपको एक कारण हो । ती कल्भर्टहरूबाट जुन जुन स्रोतको र वर्षाको पानी पहिले जसरी बग्दथ्यो, त्यसलाई त्यहीँबाट त्यसैगरी तत्काल बगाउनु एक समाधान हो । उदाहरण, पचरुखी पूर्व कलङ्की चौकसम्म ९ सय मिटरबीचमा ७ वटा कल्भर्ट रहेका छन् । यसबाट विगतमा सुकुमारी, बयरवन र डेडघडिया पैनीमा विभाजित सिंचाइसमेत बाढीको पानी बगेर जान्थ्यो, अहिले त्यहाँ बाधा र अवरोध छ । हाई–वे डुबानको कारण होइन, समाधानमा सहयोगी नै छ । पूर्व–पश्चिम लोकमार्गको स्तरोन्नति गर्दा देखिएका र पहिचान भएका बाधाहरू समाधान हुने गरी डिजाइन गराउन उपमहानगरले पहल गर्नुपर्छ । इतिहासमा यी कल्भर्टहरूमा निकासको बाधा अवरोध नहँुदा यो क्षेत्रले कहिल्यै बाढीको प्रकोप भोग्नुपरेको थिएन ।

इटहरीको सभ्यतालाई नै काम लाग्ने गरी कार्यदल नै बनएर सबै पानीका स्रोत, खोला र पैनीहरूको विस्तृत अध्ययन गरी खोलाको मुहानदेखि दोभानसम्म र पैनीको बाँधदेखि बाँध हुँदै खेतसम्म परिभाषा गर्नु पर्दछ । सहरभित्रका सबै परम्परागत निकास र पैनीहरूको नक्साअनुसार सीमाङ्कन र सम्भावित बाधाहरूको पहिचान गर्नु पर्दछ । सीमाङ्कन र पहिचानपश्चात् ‘समाधान’ परियोजनामा समावेश गरेर प्रभावित जनतालाई विश्वासमा लिएर गर्न सकिन्छ ।
२) इटहरी उपमहानगरमा घर भएका सबै बासिन्दाले घरको छत वा छानाको (वर्गफिटको आधारमा) वर्षाको सबै पानी जमिनभित्र पसाउने गरी रिचार्ज पिट बनाउन अनिवार्य गरौँ । सबैभन्दा सानो कम्तिमा २–२ मिटरको रिचार्ज पिट होस् । पाँच हजार वर्ग फिटमाथिका भवनहरूमा अनिवार्य र सबै वडाका सार्वजनिक ठाउँ, पार्कहरूमा रिचार्ज पोण्डसहित रिभर्स बोरिङ बनाऔँ । यसबाट छत वा छानाको पानी सडकमा नखस्ने, सडकमा भलबाढी नहुने, वर्षाको सबै पानी जमिनभित्र पसाउनाले ठूलो मात्रामा बाढीको प्रकोप घट्छ । जमिनमुनी पानी रिचार्ज भै भूमिगत पानीको सतह बढ्छ र यहाँको सुख्खापन घट्छ । यस्तै पानी रिचार्जका लागि सबै सहायक बाटाहरूमा पिचको सट्टा सिमेन्ट ब्लक वा पानी छिर्ने पिच बनाउने काम गरौँ ।

३) खेती खोलामा इटहरी–७ रहेको सुवा पैनीबाँध र इटहरी–१ र ५ मा रहेको सुकुमारी पैनीबाँधबाट सिंचाइ हुने क्षेत्र अब सीमित मात्रामा रहेकोले किसानलाई वैकल्पिक सिंचाइको व्यवस्था गरेर उक्त बाँधहरू हटाएर बाँधको तल्लो भाग बराबर गहिरो भएर खोलाहरू बग्ने अवस्था सिर्जना गरौँ । यसले गर्दा बाढीको प्रवाह द्रुत बन्दछ । जब वर्षा र बाढीको पानी सहज र छिटो निकास हुन्छ, त्यसले इटहरीमा बाढीको समय पनि घटाउँछ ।

४) जङ्गल भएर बग्ने सेहराखोला इटहरीको दुःख बन्ने गरेको छ । ठूलो वर्षा हुँदा यसको उलाउ चारकोसे जङ्गल हुँदै इटहरी सहरतर्फ बग्ने गर्दछ । यो प्रत्येक पटक दोहोरिँदै आएको घटना हो । तर, पनि विगत पञ्चायतकालबाटै यसको तटबन्धको कार्य बर्सेनि हुँदै आए पनि किन हो दिगो समाधान हुन सकेको छैन । त्यसैले यो खोलामा आएको बाढीलाई इटहरीतर्फ नियन्त्रण गर्न पानीले नाघ्न नसक्ने गरी आवश्यक उचाइको स्थायी कङ्क्रिट बाँध बनाउनु एक मात्र विकल्प हो । हामीले नै हाम्रा लागि गर्नुपर्छ ।

५) ‘टेङ्ग्रा डाइभर्सन’ टेङग्रा खोलालाई यसको सतहभन्दा २ मिटरसम्म गहिरो बनाएर बूढीखोलामा पथान्तर गर्ने । यसलाई सकेसम्म बहुउद्देश्यीय परियोजना बनाउने । यसले तल्लो भागमा बाढीको प्रकोप घटाउँछ भने वर्षाको उलाउ पानी तत्काल निकास (फ्लस) पनि हुन्छ । टेङ्ग्रा खोलामा मिसिने परम्परागत निकास, सतह ढल र पैनीहरू सहज विसर्जन हुन्छन् र भित्री सहरको सफाइमा बढोत्तरी हुनेछ ।

अन्तमाः हाम्रो सहर इटहरीलाई वातावरणीय हिसाबले मैत्री र बगैँचा सहर बनाउन सकिन्छ र सक्नु पनि पर्छ । त्यस दिशातर्फ नगर नेतृत्वको ध्यान जाओस् । सहरलाई सफा बनाउन तत्काल प्लाष्टिकमुक्त बनाउने । पानी तथा पेय पदार्थका प्लाष्टिक बोतलहरू, विभिन्न प्याकेजिङ र ¥यापर बारे उत्पादक, वितरक, होलसेल, खुद्रा बिक्रेता र उपभोक्तासमेतलाई दीर्घकालीन जवाफदेही बनाई नियन्त्रण र नियमन नीतिको कार्यान्वयन गरेर सबै पानी बग्ने खोला, खोल्सा र पैनीजस्ता निकासहरूलाई प्लाष्टिकजन्यसमेत सबै ठोस फोहोरबाट मुक्त बनाएर पानीको सहज प्रवाह गराउनु पर्छ । अतः इटहरीको प्रमुख समस्या बाढी हो, हाम्रा नगरप्रमुखज्यू हिजो बाढी पीडितको उद्धार र राहतमा अहोरात्र लाग्नुभएको हामी सबैले देखेकै हो । त्यसैले हामीलाई विश्वास छ, उहाँले बाढीको विषय भविष्यमा कसैले मुद्दा बनाउन नपाउने गरी समाधान गर्नुहुनेछ । फेरि पनि नगरप्रमुखज्यू, उपमहानगरको गुरुयोजना चाँडै बन्नेछ र बाढीजन्य प्रकोप नियन्त्रण परियोजना कार्यान्वयन हुनेछ । त्यो पुनित कार्यको योजनाबद्ध सम्पन्नताको शुभकामना छ ।