श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ७ गते शनिबार, २१ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। असार कृष्णपक्षको एकादशी तिथि ०१ः३८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्विनी १७ः३५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिश्रमको तुलनामा प्रतिफल कम देखिनेछ । विवाद बढ्ने समय रहेकाले महŒवाकाङ्क्षी योजनामा अघि नबढ्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला । प्रयास अपूर्ण देखिए पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। दैनिकीमा परिवर्तन आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरुषार्थी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय छ। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढाउन सकिनेछ । व्यवसायमा मनग्य फाइदा हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूका लागि बुद्धि खर्चनु पर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम रोकिए पनि दिगो योजना बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ। स्वास्थ्य पनि अलि कमजोर रहनेछ।