श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ६ गते शुक्रबार, २० जुन २०२५,सिद्धार्थीनाम संवत्सर। असार कृष्णपक्षको नवमी तिथि ०६ः२८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रेवती १९ः१३ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अर्थअभाव खट्किनाले बनिसकेको काम दोहो¥याउनु पर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ । काममा ठूलै फड्को मार्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ । आयस्रोतसमेत बढ्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ । विभिन्न अवसर प्राप्त हुनेछन् । हरहिसाब नमिल्नाले समस्या पर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ठूलो भागको मोहले पनि समस्या निम्त्याउनेछ। तर एउटै सत्प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ।