पाँचथरको मिक्लाजुङ गाउँपालिकामा  भान्सा घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु भएको छ । 

गाउँपालिकाको ७ नम्बर वडा स्थित लेख गाउँमा बुधबार बिहान एक घरमा आगलागी हुँदा घरसँगै जलेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  ५५ वर्षीया सरिता राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरीक्षक मिलन थापाले बताएका छन् ।

भान्सा घर भित्र रहेकी सरिताको  भान्सामा आगो लाग्दा भान्सासँगै उनको पनि जलेर मृत्यु भएको  प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलिसकेको छैन ।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।