इटहरी उपमहानगरपालिका १७ स्थित बालग्राम चोक नजिकै सवारी दुर्घटना भएको छ ।  २ वटा मोटरसाइकल र कार एक आपसमा ठक्कर खादा मोटरसाइकलमा सवार ३ जनाको घाइते भएको  इलाका प्रहरी कार्यालय पकलीका प्रमुख, प्रहरी निरीक्षक गजेन्द्र रायले बताएका छन् । 

रायका अनुसार प्रदेश –३ –००५ प ४६७७ नम्बरको मोटरसाइकल र  बा १७ च ९१०५ नम्बरको कार एकापसमा ठक्कर खाएको थियो । कारसँग ठक्कर खाएको मोटरसाइकल पुनः प्रदेश –१ –०२ –०४५ प ५८५६ नम्बरको मोटरसाइकलसँग ठक्कर खान पुगेको थियो । 

 दुर्घटनामा ४६७७ नम्बरको मोटरसाइकलमा सवार भोक्राहा नरसिंह गाउँपालिका १ का  २८ वर्षीय निलम लिम्बू र २६ अन्दाजी २६ वर्षीय लक्ष्मण लिम्बू गम्भीर घाइते भएका छन् । घाइतेको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरी निरीक्षक रायले बताएका छन् । 

उनका अनुसार अर्को मोटरसाइकलमा सवार वराहक्षेत्र नगरपालिका १ का अन्दाजी ४५ वर्षीय चेतन भट्टराई सामान्य घाइते भएका छन्, उनको इटहरीमै उपचार भइरहेको रायले बताए । 

कार विराटनगर स्थित एपेक्स अस्पतालका डाक्टरको बताइको छ । रायका अनुसार डाक्टर पनि सामान्य घाइते भएकाले उपचारका लागि गएको  बताइए पनि उनको विस्तृत परिचय खुलिसकेको छैन ।