धरानमा टेम्पु दुर्घटना हुँदा ४ भारतीय नागरिकसहित ५ जना घाइते भएका छन् । 

धरान १३ स्थित भ्यु पोइन्ट नजिक को २ ह ५४५६ नम्बर टेप्पू दुर्घटना हुँदा टेम्पूमा सवार भारतको बिहारका  ३८ वर्षीय, अमृत कुमार दाश, उनकी श्रीमती  २४ वर्षीय ज्योती कुमारी, आमा ५६ वर्षीया  गिता कुमारी,  ७ वर्षीय छोरा नयन कुमारका साथै टेम्पु चालक धरान १४ का ४२ वर्षीय रमेश विक घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

कार्यालयका अनुसार उपचार तथा घुम्नका लागी नेपाल आएका उनीहरू हिजो (साेमबार) अपारान्ह धरानबाट भेडेटार गएका थिए । भेडेटार जाने क्रममा टेम्पू अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटनामा ७ वर्षीय छोरा नयन कुमार गम्भीर घाइते भएका छन्, भने अन्यको अवस्था सामान्य रहेका छ । 

नयनको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते सबैको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रतिष्ठानको अस्थायी प्रहरी चौकीले जनाएको छ । 

भारतीय नागरिक इटहरी स्थित आँखा अस्पतालमा आँखाको उपचारका लागि आएका थिए । उपचार पछि भारत फर्कीनु भन्दा अगाडी भेडेटारको घुमघामका लागी निक्लिएको  गिता कुमारीले बताइन् ।