मोरङको कटहरी गाउँपालिकामा खोलामा डुबेको अवस्थामा एक बालककाले मृत्यु भएको छ ।
सुखानी खोलामा नुहाउन गएका गाउँपालिका ४ अजय साहका १० वर्षीय छोरा प्रेम कुमार साहको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार बालक डुबेको भन्ने सूचना पाउनासाथ घटना स्थलमा पुगेका प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारको लागि कोशी अस्पताल विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।