विजयपुर । महेन्द्र बहुमुखी क्याम्पसको जरनल ‘दृष्टिकोण’ सार्वजनिक गरिएको  छ ।

कार्यक्रममा तीन लघु अनुसन्धान पनि प्रस्तुत गरिएको छ । बिहीबार रिसर्च मेनेजमेण्ट सेलको क्याम्पसमा आयोजित कार्यक्रममा लघु अनुसन्धान प्रस्तुत गरिएको हो । कार्यक्रममा सरोजकुमार गिरीले कानून, अनुपा वाग्लेले अङ्ग्रेजी र खगेन्द्र अधिकारीले व्यवस्थापनका विषयमा लघु अनुसन्धान प्रस्तुत गरेका थिए ।

कार्यक्रममा २०८० को जरनल (दृष्टिकोण) पनि सार्वजनिक गरिएको छ । जरनलको सार्वजनिक क्याम्पस प्रमुख चन्द्रकुमार राई, प्रा. डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. केदारप्रसाद दाहाल, प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, ताराबहादुर निरौला, डा. भोलानाथ पोखरेललगायतले गरेको डा. सुभाष न्यौपानेले जानकारी दिए ।

जरनलमा २० शीर्षकका लघु अनुसन्धान समेटिएको  छ । प्रा.डा. न्यौपाने अनुसन्धानमा कुल विधिमा लेखिएको सो अनुसार एकरूपता हुनुपर्ने बताए । उनले सार्वजनिक जरनलमा लेखाइ फरक–फरक पाएको प्रतिक्रिया दिए । प्रा.डा. केदारप्रसाद पौडेलले पहिले कम अनुसन्धान हुने गरेको र अहिले अनुसन्धान हुन थालेको बताए । प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले अनुसन्धानमा ‘मेथोडोलोजी’ र ‘मेथोड’ मन्फ्युज हुने गरेको बताए ।