धरान । फिल्म लिलीबिलीमा अभिनेत्री बनेकी जसिता गुरुङ हाल गुमनाम छिन् ।

उनी तीन वर्षयता ठूलो पर्दामा देखिएकी छैनन् । उनको २०७६ मा लभ स्टेसन फिल्म प्रदर्शन भएको थियो । त्यसयता उनी कुनै पनि फिल्ममा देखिएकी छैनन् ।

त्यसो त आईएम ट्वान्टी वानमा सम्झौता गरेको भए पनि हालसम्म प्रदर्शन हुन सकेको छैन । यो फिल्म आगामी वैशाख २१ गतेबाट प्रदर्शन आउँदै छ । फिल्ममा उनी रुबीको पात्रको भूमिकमा छिन् । उक्त फिल्ममा उनले डान्सर बन्न सङ्घर्षरत युवतीको भूमिका निर्वाह गरेकी छन् ।

तीनवर्षदेखि उनी रुबी पात्रमै हराइरहेकी छन् । फिल्मका निर्देशक रेनशा बान्तवा राईले ‘आई एम ट्वान्टी वान’ निर्माण गरेका हुन् । जसिताले ‘रुबी’ पात्रमा आफूलाई ढाल्न निकै मिहिनेत गरेकी छन् ।