धरान । गरिमा डान्स सेन्टर धरानले सरस्वती पूजाको अवसरमा एकल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा सिनियर तर्फ प्रथम अन्शु श्रेष्ठ, दोस्रो कञ्चन राई, तेस्रो सन्ध्या माझी भए ।

त्यसैगरी जुनियरतर्फबाट प्रथम एलिना मास्के, दोस्रो आस्था राई र तेस्रो माहिरा रेग्मी भएका छन् । धरान–९ आचार्य लाइनस्थित गरिमा डान्स सेन्टर धरानको हलमा आयोजित प्रतियोगितामा विजेताहरूलाई गरिमाका प्रबन्ध निर्देशक एवम् नृत्य निर्देशक मणिकुमार लिम्बूले शिल्ड, प्रमाण–पत्र तथा गिफ्टह्यापर प्रदान गरेका छन् ।

नृत्य निर्देशकद्वय सानुराजा थेगिम र रीमा थापा मगर निर्णायक रहेको उक्त प्रतियोगितामा १८ जनाले भाग लिएका थिए ।