धरान । गायक राजेश राईले सिङ्गिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् ।

भ्वाइस स्टार नेपाल लिमिटेडले निर्माण गरेको साङ्गीतिक रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’ को आइतबार भएको फाइनलमा प्रथम भई राईले २० लाख नगद र म्युजिक नेपालसँग सम्झौतालगायत पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा फस्ट रनर अप नाम्गेल लामा र सेकेन्ड रनर अप दीपक सापकोटा भए ।