विजयपुर । मनास्लु डान्स सेन्टरले तिहारमा देउसी भैलो सांस्कृतिक कार्यक्रमबाट सङ्कलन गरेको रकम समाजसेवामा लगाउने भएको छ ।

सोमबार देउसी भैलो सांस्कृतिक कार्यक्रमको समापनका अवसरमा सेन्टरका सञ्चालक शङ्कर तामाङले सङ्कलित रकम समाजसेवामा समर्पण गर्ने बताए । उनका अनुसार धरान–१५ मा डस्टबिनहरू राख्ने, डिजिटल बोर्डलगायतका कार्य गरिनेछ ।

सेन्टरको सांस्कृतिक कार्यक्रमलाई बाँझगरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजन मोक्तानले देउसी भैलोमा प्रयोग गरिने ‘लाइट’ हरू पनि सहयोग गरेका छन् ।

सेन्टरका कलाकारहरूलाई पोसाक र गरगहनाका लागि हङ्कङबाट अमित मगरले २० हजार रुपैयाँ सहयोग गरेको सञ्चालक मोक्तानले जानकारी दिए । समापन कार्यक्रममा माटो चलचित्रका नायक मित्र लिङ्देन र छिरिङ चलचित्रकी नायिका कामना भुजेलको उपस्थिति थियो ।

manaslu-photo