विराटनगर । तेह्रथुमकी बिनीता लिम्बु सातौँ संस्करणको मिस कोशीको उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सुनसरीको इटहरीमा सम्पन्न भएको प्रतियोगितामा २५ जनाप्रतियोगिहरुलाई पछि पार्दै बिनीताले मिस कोशीको उपाधि जितेकी हुन् ।

प्रतियोगिताको अर्गनाइजर च्वाइसको उपाधि खोटाङकी चाँदनी राई घोषित भइन् । फस्ट रनरअप धनकुटाकी मुना लिम्बु, सेकेण्ड रनरअप सृजना लुईटेल र थर्ड रनरअप भोजपुरकी सपना राई भइन् ।

मिस पर्सानालिटी र मिस मल्टिमिडियाको उपाधि सुनसरी रामधुनीकी भावना राईले जितिन भने मिस पब्लिक च्वाइसको उपाधि भोजपुरकी सपना राईले जितिन् । मिस पपुलर विराटनगरकी बबिता राय, मिस ट्यालेन्ट धनकुटाकी नुमाफुङ लिम्बु, मिस फोटोजेनिक चाँदनी राई भइन् ।

यसैगरी मिस स्मायल सपना राई, मिस डिसिप्लिन बनिता लिम्बु, मिस इन्टेलेक्ट सृजना लुइटेल, मिस क्याटवाक इनरुवाकी श्रुति कुमारी उराव र मिस हियर लेटाङकी स्मृती लामा घोषित भइन् ।

प्रतियोगिताको प्रमुख अतिथि सुनसरी प्रमुख जिल्ला अधिकारी इन्द्र देब यादव रहेका थिए । प्रतियोगिताको निर्णायकहरुमा नेपाल निर्मता संघका अध्यक्ष नवल खड्का, चलचित्र निर्देशक श्रीदेव बिएल (बावुराम अर्याल), कानुन व्यवसायी चुडामणी अचार्य, डा. सुलव सापकोटा रहेका थिए ।

मिस कोशीको बिजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्तगरेको जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले बताए ।